गृहपृष्ठ सानिमा लाइफ र गैरआवासीय नेपाली संघबीच सम्झौता

सानिमा लाइफ र गैरआवासीय नेपाली संघबीच सम्झौता

काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच संस्थाका विश्वभरका सदस्यलाई सुलभ रूपमा आधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा सानिमा लाइफका सञ्चालक घनश्याम थापा, एनआरएनका उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएन रसियाका पाट्रम खेमराज लामिछानेलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक केशवराज केसी तथा एनआरएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. हेमन्तकुमार दवाडीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित समय ०८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु