गृहपृष्ठ चितवनमा बर्ड फ्लु देखिएपछि रुपन्देहीमा उच्च सतर्कता

चितवनमा बर्ड फ्लु देखिएपछि रुपन्देहीमा उच्च सतर्कता

बुटवल- चितनवको खैरनही नगरपालिका ९ सुतनीमा पालिएका कुखुरामा बर्ड फ्लु भेटिएपछि रुपन्देहीमा उच्च सर्र्तकता अपनाईएको छ । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरको संयोजकत्वमा बसेको बैठकले रुपन्देहीका सिमा नाकाहरुमा उच्च सतर्कतका अपनाउने निर्णय गरेको हो ।
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. विनय कुमार कर्णका अनुसार जिल्लामा भित्रीने पशुपक्षीको आयातमामा उच्च चेकजाँच गरिनुको साथी कडा निगरानी अपनाउने समेत निर्णय गरिएको छ ।
यस्तै कुने पनि रोगको संका लागेमा तुरुन्त जानकारी गराउनको लागि समेत अनुरोध गरिएको छ । यस्तै जिल्ला पशु सेवा कार्यालयबाछ विगतका बर्षहरुमा जस्तै बर्ड फ्लुको सर्भिलेन्स र नमुना संकलन कार्य यस बर्ष पनि निरन्तरता दिने निर्णय गरिएको छ ।
यस्तै विभिन्न सञ्चार माध्यमबाट जनचेतनामुलक सन्देश प्रकाशन, प्रसारण समेत गरिने निर्णय भएको जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. कर्णले जानकारी दिए ।

प्रकाशित समय ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु