गृहपृष्ठ केरूङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सकियो
केरूङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सकियो

काठमाडाैं- चिनियाँ टोलीले केरूङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सकेको छ । चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका आठ अधिकारीले एक सातामा रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न गरेका हुन् । रेल्वे विभागसँगको समन्वयमा उनीहरूले सीमानाका रसुवागढीसम्म पुगेर स्थलगत अध्ययन गरेका छन् । चिनियाँ टोली आजै स्वदेश फर्किंएको छ । नेपाल र चीनका अधिकारीबीच वैशाख दोस्रो साता बेङजिङमा यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो ।
यो अध्ययनको सबै खर्च चिनियाँ पक्षले व्यहोरेको छ । भदौ १५ गतेसम्ममा कम्पनीले अध्ययन प्रतिवेदन बुझाउने जनाइएको छ । चिनियाँ पक्षले यसअघि पनि यो रेलमार्गको अध्ययन गरेको थियो ।
प्रकाशित समय १७:०७ बजे