गृहपृष्ठ बहुमतको दम्भ संसद भवनबाहिर काम लाग्दैन : चित्रलेखा यादव

बहुमतको दम्भ संसद भवनबाहिर काम लाग्दैन : चित्रलेखा यादव

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका सांसदले सरकारी कार्यशैली र बजेटको कडा आलोचना गरेका छन् । नेपाली कांग्रेसकी सांसद चित्रलेखा यादवले बजेटबाट सत्तापक्षका सांसद नै असन्तुष्ट भएको भन्दै यस्तो बजेटले कुनै समृद्धि नल्याउने आरोप लगाइन् ।

बजेटका कारण सबैतिर निराशामात्र छाएको र कतै आशा नजगाएको भन्दै उनले बजेटले महिला, वृद्धवृद्धा र बालबालिकाको अपमान गरेको बताइन् । बहुमतको दम्भ संसद भवनभित्र मात्र काम लाग्ने भन्दै सांसद यादवले तीन चौथाइको बहुमतको आवरणभित्र पार्टीको कार्यकर्ता भरणपोषणमात्र हुने त होइन भन्दै आशंका व्यक्त गरिन् ।

बहुमत देशविकासका लागि सदुपयोग होस् भन्दै उनले बहुमतको दम्भ देखाउनभन्दा विकासमा केन्द्रित हुन उनले आग्रह गरिन् । महिलालार्इ राष्ट्रपतिमात्र देखाएर, मुख्यमन्त्रीमा कुनै महिलालार्इ स्थान नदिनु भनेको महिलामाथिको बेवास्ता भएको सांसद यादवको भनाइ छ । बजेटमाथिको छलफल जारी रहँदा संसदमा सांसदहरूको उपस्थिति भन्ने न्यून छ । सत्तापक्ष र प्रतिपक्षी दलकै सांसदहरू हाजिर गरेर प्रतिनिधिसभा बैठकस्थलबाहिर गएका छन् ।

प्रकाशित समय १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु