गृहपृष्ठ महाराजगन्जमा एलजिको सोरुम

महाराजगन्जमा एलजिको सोरुम

काठमाडौं- एलजी इलेक्ट्रोनिकस्ले आफ्नो नयाँ शोरुम विस्तार गरेको छ । हरेक बर्ष नया शोरुम विस्तार गर्ने क्रममा आइतबार महाराजगंजमा इनोभा इलेक्ट्रोनिक्स नामक शोरुम संचालनमा ल्याएको छ ।
आइतबारैबाट संचालनमा आएको नया शोरुमले ग्राहकलाई प्रोत्साहन गर्नुका साथै नया उत्पादनको बारेमा पनि जानकारी दिने कम्पनीको दावि छ । कम्पनीले सामग्री तथा उत्पादन थप खरिद गर्नको लागि थुप्रै योजना बजारमा ल्याएको छ ।
कुनै पनि एलजी का सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । यो योजना उदघाटनको दिनदेखि १० दिनसम्म लागू हुनेछ । साथै बम्पर लक्की ड्रमा आकर्षक उपहार जित्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले भविष्यमा अन्य ठाउहरुमा पनि एक्सक्लूशिभ शोरुमहरु बिस्तार गर्दै जाने जनाएको छ ।

प्रकाशित समय ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु