गृहपृष्ठ नेपालले जित्यो टोस्टमास्टर्स उपाधि

नेपालले जित्यो टोस्टमास्टर्स उपाधि

काठमाडौं- भारतको नयाँ दिल्ली र आग्रामा भएको ३८ जना टोस्टमास्टर्सको डिस्टिक्ट लेभेल टेबल टपिक्स र वक्तित्वकला प्रतियोगितामा नेपालले उपाधि हासिल गरेको छ ।
उक्त प्रतियोगितामा काठमाडौं टोस्टमास्टर्स क्लवका सन्दीप अधिकारीले डिभिजन स्तरीय प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय स्पिच कन्टेष्टमा दिपेश चालिसे लक्ष्मी बैंक टोस्टमास्टर्स क्लवको प्रतिनिधित्वसँग मिलेर तेस्रो स्थान हात पारेका हुन ।
टेबल टपिक्स कन्टेष्टमा बोधी टोस्टमास्टर्स क्लवका निलादरी परियल र हिमालयन टोस्टमास्टर्स क्लवका रुपक मैनालीले दोस्रो स्थान हासिल गरेका छन । एभरेष्ट टोस्टमास्टर्स क्लव, काठमाडौं टोस्टमास्र्टस क्लव, हिमालयन टोस्टमास्टर्स क्लव, काठमाडौं कलेज अफ मेनेजमेन्ट टोस्टमास्टर्स क्लव र साँग्रिला टोस्टमास्टर्स क्लवले डिस्टुइगिस्ट अहेड अफ टाईम अर्वाड जितेका थिए । साथै काठमाडौं कलेज अफ मेनेजमेन्ट टोस्टमास्टर्स क्लवले निर्धारित समय भित्र र्यापिड १० अवार्ड जित्न सफल भएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु