गृहपृष्ठ दार्चुलाको मार्मामा सनरार्इज बैंक

दार्चुलाको मार्मामा सनरार्इज बैंक

काठमाडौं- सनरार्इज बैंक लिमिटेडले दार्चुलाकोे मार्मा गाउँपालिका वडा नं ३ मा शाखा विस्तार गरेको छ । यो बैकको ८२ औं शाखा हो ।
दार्चुला जिल्ला विकास समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ्ग बिभागका प्रमुख हरि प्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
बैंकले आफ्ना ग्राहकलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकको लागि ‘स्वास्थ्य बीमा सुविधा’ सु्रु गरेको छ ।
उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने ब्यवस्था गरिएको छ । उत्तः ब्यवस्था अनुसार बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था पनि मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैया सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु