गृहपृष्ठ बीपी राजमार्गमा ठूला गाडी नचलाउन सर्वोच्चको आदेश
बीपी राजमार्गमा ठूला गाडी नचलाउन सर्वोच्चको आदेश
काठमाडौं– सर्वोच्च अदालतले बनेपा-बर्दिबास राजमार्गको खुर्कोट–सिन्धुलीमाडी सडकखण्डमा ठूला गाडी गुडाउन रोक लगाएको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई ओदश दिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले एक साताअघि मात्रै प्राविधिकहरुको रिर्पोट लत्याउँदै यो सडकखण्डमा ३२ सिटे र १६ टनका सवारीलाई रुट इजाजत दिने निर्णय गरेका थिए । सो निर्णयविरुद्ध अधिवक्ता कैलाश दाहालले आइतबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
प्रकाशित समय १७:५१ बजे

















