गृहपृष्ठ सेञ्चुरी बैंकका ग्राहक र सेयरधनीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट

सेञ्चुरी बैंकका ग्राहक र सेयरधनीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले ओम हस्पिटल एन्ड रिर्सच सेन्टरमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । दुई संस्थाबीच हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा सुविधामा छुट दिनेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ओम हस्पिटल एण्ड रिर्सच सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड भएका ग्राहक तथा सेयरधनीलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहक र सेयरधनीले प्याथोलोजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान, मेम्मोग्राम, दन्त प्रक्रिया, सर्जरी, बेड चार्ज, रेडियोलेजी तथा अन्य जाँचमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

प्रकाशित समय १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु