गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा सुत्केरीलाई आर्थिक सहयोग
मुक्तिनाथ विकास बैंकद्वारा सुत्केरीलाई आर्थिक सहयोग
मुक्तिनाथ विकास बैंकले २८ वर्षीया सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कटारी ५ भुल्के घर भएकी तामाङलाई सहयोग गरेको हो ।
चमेलीका श्रीमान सुस्त मनस्थितिका हुन् । उनकी अर्की छोरी २ वर्षकी छन् । खाद्यान्न र ओढ्ने, ओछ्याउने नहुँदा पुसको चिसोमा भोक-भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको जनाएको छ । सहयोग सामग्री बैंकको कटारी शाखा प्रमुख विपिनकिशोर श्रेष्ठले हस्तान्तरण गरे ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ शाखामार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवा प्रदान गर्दै आएको छ । साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङलगायतका सेवा पनि प्रदान गर्दै आएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।
प्रकाशित समय १७:२५ बजे

















