गृहपृष्ठ एनसेलले बुझायो २३ अर्ब

एनसेलले बुझायो २३ अर्ब

ncell_logo-newskarobar

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ रूपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ ।

उक्त कार्यालयको गत मंसिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकर बापतको उक्त रकम ब्याजसहित सरकारी कोषमा दाखिला भएको हो ।

ठूला करदाता कार्यालयका अनुसार आयकर ऐन, २०५८ बमोजिम उक्त रकम प्राप्त भएको तथा उक्त कम्पनीसम्बन्धी सम्पूर्ण प्रकरण अन्त्य भएको छ । यसअघि दुई किस्तामा क्रमशः कम्पनीले  चार अर्ब ५० करोड र चार अर्ब ६० करोड रूपैयाँ दाखिला गरेको थियो ।

प्रकाशित समय १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु