गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा ‘ग्राहक विशेष लाभ योजना’ सञ्चालनमा

मुक्तिनाथ विकास बैंकद्वारा ‘ग्राहक विशेष लाभ योजना’ सञ्चालनमा

mukti-bikasha-bank news karobar

मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस योजनाअन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्नेछ ।

न्युनतम ब्याजदर, ४८ कार्य घण्टा भित्रकर्जा स्वीकृति गरिने, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट, एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरिने, कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशतमात्र, विना सुरक्षण शुल्कमा लकर सुविधा, बैंकको नियमानुसार शर्तहरु लागु हुनेलगायतका सुविधाहरू सञ्चालनमा ल्याएको हो ।

यसका साथै, बैंकबाट कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यवस्था बैंकले ल्याएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखामार्फत् ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु