गृहपृष्ठ मेगा बैंकको १० औं वार्षिकोत्सव, ११ औं वर्षमा प्रवेश
मेगा बैंकको १० औं वार्षिकोत्सव, ११ औं वर्षमा प्रवेश
मेगा बैंकले आफ्नो १० वर्ष पूरा गरेको अवसरमा वार्षिकोत्सव मनाएको छ । बुधबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकले स्थापना कालको छोटो समयमै ग्राहकको मन जित्न सफल भएको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बताएका छन् ।
बैंकमा आवद्ध ग्राहक, संस्थापक, शेयरधनी, सञ्चालक समितिलगायत सबैको सहयोगले मेगा बैंकले सफलता हासिल गरेको भन्दै अध्यक्ष शाहले पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि छोटो समयमै महत्वपूर्ण उपलब्धी भएको बताए ।
कार्यक्रममा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दश वर्षको वित्तीय सूचकांकलाई हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यवसायिक योजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताइन् ।
प्रकाशित समय १५:१८ बजे

















