गृहपृष्ठ सनराइज बैंकले घर कर्जा ८.९५ र सेयर धितो कर्जा ९.९५ प्रतिशत ब्याजदरमा प्रदान गर्ने

सनराइज बैंकले घर कर्जा ८.९५ र सेयर धितो कर्जा ९.९५ प्रतिशत ब्याजदरमा प्रदान गर्ने

sunrise-newskarobar

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्ने योजनासहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ ।

सनराइज घर कर्जाअन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले सेयर धितो कर्जामा ९.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

कोभिड- १९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । कर्जा लिन चाहने ग्राहकहरुले विनाझन्झट छिटोछरितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले देशका १३४ स्थानमा फैलिएको सनराइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् ।

सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुबाट बैंकले अपेक्षा गरेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविश्यमा पनि ल्याउँदै जाने बैंकले जनाएको छ ।

प्रकाशित समय १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु