गृहपृष्ठ क्यूआर कोड भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने
क्यूआर कोड भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने
गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोडमार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने बताएका छन् ।
नक्साल तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट हुने भुक्तानी कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवर्धनगर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाइने जानकारी दिए ।
नक्साल तरकारी तथा फलफूलबजारस्थित पसलमा क्यूआर कोड भुक्तानीमार्फत तरकारी खरिद गरी उनले यो प्रणालीबाट हुने भुक्तानी कारोबारको थालनी गरेका हुन् ।
सानिमा बैंक र नक्साल तरकारी तथा फलपूmल व्यवस्थापन समितिको सहकार्यमा नक्सालस्थित तरकारी तथा फलपूmल बजारमा क्यूआर कोडमार्पmत भुक्तानी कारोबारको सुरुआत भएको हो । बजारका ७५ स्टलमध्ये अधिकांश स्टलमा क्यूआर कोड सञ्चालनमा आएको जनाइएको छ ।
‘नक्साल तरकारी बजारमा थालिएको क्यूआर कोडको अभ्यास प्रविधिमैत्री कारोबारमा एउटा उत्साहजनक सुरुवात हो । अब यसलाई देशभर अभियानको रूपमा विस्तार गर्ने योजना
राष्ट्र बैंकले बनाएको छ,’ गभर्नर अधिकारीले भने ।
गभर्नर अधिकारीलेसमग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने सन्दर्भमा क्यूआर कोडको प्रवद्र्धनले ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे । ‘यो प्रविधिको प्रयोगले नगदरहित कारोबारलाई प्रोत्साहन त गर्छ नै, मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा समेत ठूलो योगदान पु¥याउनेछ,’ उनले भने ।
गभर्नर अधिकारीले क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबार उत्साहजनक रूपमा विस्तार भइरहेको भन्दै पछिल्लो समय हरेक महिना ३० प्रतिशतले यस्तो कारोबार वृद्धि भइरहेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागको तथ्यांकअनुसार, २०७७ कात्तिक महिनामा क्यूआर कोडमार्फत २ लाख ४१ हजार ८१८ कारोबार भएका छन् । क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबार पछिल्लो समय लोकप्रिय बन्दै गएको राष्ट्र बैंकले जनाएको छ ।
क्यूआर कोड कारोबारको प्रवद्र्धन र विस्तारको निम्ति सहजीकरण गर्न राष्ट्र बैंक तयार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसको निम्ति अग्रसर रहन बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, व्यवसायीलगायतका सरोकारवालाई आग्रहसमेत गरे ।
कार्यक्रममा सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवम् नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले नक्साल तरकारी बजारमा क्यूआर कोड कारोबारको सुरुआतले थप हौसला मिलेको उल्लेख गर्दै देशभर ‘डिजिटल नेपाल’को प्रवर्धनमामा राष्ट्र बैंकसँग सहकार्य गरेर अगाडि बढ्न वित्तीय क्षेत्र तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटाले क्यूआर कोडको थालनीसँगै तरकारी बजार प्रवित्रिमैत्री वातावारणमा प्रवेश गरेको बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू भुवन कडेल, देवकुमार ढकाल, मुकुन्दकुमार क्षेत्री, डा.गुणाकर भट्ट, बमबहादुर मिश्र, निर्देशक रोशनकुमार सिग्देललगायतको उपस्थिति थियो ।
प्रकाशित समय १८:५९ बजे

















