गृहपृष्ठ माछापोखरीमा मुक्तिनाथको शाखा
माछापोखरीमा मुक्तिनाथको शाखा
मुक्तिनाथ विकास बैंकले माछापोखरीमा शाखा खोलेको छ । आधुनिक बैंकिङ, ग्रामिण बैंकिङ र लघुवित्त सेवा सञ्चलन गर्दै आएको बैंकले माछापोखरीमा शाखा विस्तार गरेको हो
माछापोखरीमा विस्तार गरिएको शाखाको उद्घाटन स्वामी आनन्द अरुण एवं सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रुपमा गरेका थिए । अरुण ओशो तपोवनका संयोजक तथा संस्थापक हुन् भने धुर्मुस–सुन्तली बैंकका ब्रान्ड एम्बेस्डर हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा बताएका थिए । उनले लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने जानकारी दिए ।
बैंकका हालसम्म कुल ७८ शाखा कार्यालयहरु रहेका छन् । यसका साथै थप शाखा विस्तारको योजना रहेको समेत बैंकले जनाएको छ ।
प्रकाशित समय १४:१० बजे

















