गृहपृष्ठ जनता बैंकको निःशुल्क स्वास्थ्य शिविर

जनता बैंकको निःशुल्क स्वास्थ्य शिविर

Janata_bank-newskarobar

जनता बैंक नेपालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिकास्थित दुर्गाफाँटमा उक्त शिविर सम्पन्न भएको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामिण जनताको स्वास्थ्यलाई प्राथमिकता राखी उक्त शिविर आयोजना गरेको बताएको छ । शिविरमा स्त्री तथा प्रशुति, जनरल मेडिकललगायतका जाँच गरिएको थियो ।

लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सहभागीहरुको स्वास्थ्य जाँच गरेको थिए । शिविरबाट करिब ३ सयले स्वास्थ्य सेवा लिएको जनाइएको छ । त्यसै गरी उक्त शिविरबाट आँङ खस्ने सम्बन्धी रोगको अपरेसनका लागि सिफारिस भएका महिलाको उपचारमा बैंकले सहयोग गर्ने जनाइएको छ ।

प्रकाशित समय १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु