गृहपृष्ठ सिटिजन्स बैंकका ग्राहकलार्इ ग्रान्डी अस्पतालमा विशेष छुट
सिटिजन्स बैंकका ग्राहकलार्इ ग्रान्डी अस्पतालमा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेगरी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र अस्पतालका मार्केटिङ तथा व्यापार प्रवर्धन प्रमुख प्रतीक तिवारीले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट र क्रेडिट कार्डवाहक सेवाग्राही तथा कर्मचारीले ग्रान्डीमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।
प्रकाशित समय १७:५० बजे

















