गृहपृष्ठ एनएलजी, सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सलार्इ सम्मान

एनएलजी, सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सलार्इ सम्मान

बाली तथा पशुपन्छी बिमा कार्यक्रम कार्यान्वयनमा उल्लेख्य योगदान पुर्याएको भन्दै सरकारले तीनवटा बिमा कम्पनीलार्इ सम्मान गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सलाई सम्मान गरेका हुन् । एनएलजीले सर्वोत्कृष्ठ कम्पनीको सम्मान पाएको हो भने सिद्धार्थ र लुम्बिनी जनरललाई उत्कृष्ट कम्पनीको सम्मान पाएको कृषि मन्त्रालयले जनाएको छ ।

सम्मान ग्रहण गर्न एनएलजीका कामु प्रमुख कार्यकारी अधिकृत सुनिलवल्लभ पन्त, सिद्धार्थका सिइओ वीरेन्द्र वैद्यवार र लुम्बिनीका सिईओ नुरप्रकाश प्रधान कृषि विभाग पुगेका थिए । सरकारले बाली तथा पशुपन्छी बिमा कार्यक्रमका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु