गृहपृष्ठ मुक्तिनाथ बैंकका ग्राहकलाई रिद्धिसिद्धि ज्वेलर्समा गहना किन्दा छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई रिद्धिसिद्धि ज्वेलर्समा गहना किन्दा छुट

muktinath_riddhisiddhi-newskarobar

मुक्तिनाथ विकास बैंकका ग्राहकले रिद्धिसिद्धि ज्वेलसबाट गहना किन्दा विशेष छुट पाउने भएका छन् । मुक्तिनाथ र रिद्धिसिद्धिबीच बैंकका ग्राहकलाई सुन खरिदमा २० प्रतिशत र हिराका गहनामा १५ प्रतिशतसम्म छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा मुक्तिनाथका तर्फबाट बजारीकरण विभाग प्रमुख वसन्त बक्सी र रिद्धिसिद्धिका तर्फबाट ग्राहक सेवा प्रबन्धक अजय अधिकारीले हस्ताक्षर गरे । मुक्तिनाथ बैंकले ८२ शाखा, १३ एटीएमबाट तीन लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु