गृहपृष्ठ ग्लोबल आइएमईका एकैसाथ ७ शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमईका एकैसाथ ७ शाखारहित बैंकिङ सेवा

ग्लोबल-gbime-newskarobar

ग्लोबल आइएमई बैंकले असार तेस्रो साता थप सातवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकका शाखारहित बैंकिङ संख्या ९९ पुगेको छ ।

बैंकले असार १८ गते बागलुङको बोबाङमा, १९ गते गुल्मीको पाडथोकमा र ठुलापोखरामा नयाँ सेवा विस्तार गरेको हो । त्यसैगरी, बैंकले असार २० गते अर्घाखाँचीको डाँडाकटेरीमा र गुल्मीको बास्तुमा बैंकिङ सेवा सुरु गरेको छ । असार २२ गते नवलपरासीको पट्खौली र गोरखाको मकैसिङमा थप बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर, ९९ शाखारहित बैंकिङ सेवा र विदेशमा तीन प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत नौ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु