गृहपृष्ठ प्रधानमन्त्री भारत र चीनसामु लम्पसार परे : देउवा

प्रधानमन्त्री भारत र चीनसामु लम्पसार परे : देउवा

Sher-Bahadur-Deuba

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारत र चीनसामु लम्पसार परेको आरोप लगाएका छन् । शनिबार रामेछापको मन्थलीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएर सरकार निरंकुशतातर्फ उन्मुख भएको टिप्पणी गरेका हुन् । चीनबाट रेल ल्याउने भनाइ सपना मात्र भएको देउवाको भनाई रहेको छ ।

उक्त कार्यक्रममा बोल्दै देउवाले पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोपसमेत लगाए । सरकारले मुठभेड निम्त्याउन खोजे प्रतिकार गर्ने उनको चेतावनी छ । अनशनरत डा. गोविन्द केसीको सत्याग्रहमा सरकारले अवरोध पुर्याएको घटनाप्रति पनि देउवाले आपत्ति जनाए ।

प्रकाशित समय १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु