गृहपृष्ठ प्राइम लाइफ र मुक्तिनाथबीच बैंकास्योरेन्स सम्झौता
प्राइम लाइफ र मुक्तिनाथबीच बैंकास्योरेन्स सम्झौता

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे ।
सम्झौतासँगै प्राइम लाइफले जारी गर्ने विभिन्न जीवन बिमा योजना मुक्तिनाथ विकास बैंकका देशभरका शाखा कार्यालयबाट उपलब्ध भएका छन् ।
प्राइम लाइफको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोष ६ अर्ब २० करोड रुपैयाँ र कुल प्रिमियम ११ अर्ब ७ करोड रुपैयाँ छ । इन्स्योरेन्सले देशभरका १२५ स्थानबाट सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय १५:४१ बजे