गृहपृष्ठ धनगढी उपमहानगरपालिकाको बजेट एक अर्ब ८० करोड
धनगढी उपमहानगरपालिकाको बजेट एक अर्ब ८० करोड

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि एक अर्ब ७९ करोड ३४ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरको तेस्रो नगरसभाले शनिबार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो ।
नगरसभामा चालू आर्थिक वर्ष २०७४/०७५ असार पहिलो सातासम्मको आयव्यय विवरण पनि प्रस्तुत गरिएको छ । चालू आर्थिक वर्षको असार पहिलो सातासम्मको कुल आय एक अर्ब ११ करोड ९६ लाख ६२ हजार रुपैयाँ छ भने खर्च ८७ करोड ९८ लाख ८३ हजार छ ।
आगामी वर्षको बजेटमा चालू खर्चतर्फ ८० करोड ४९ लाख र पुँजीगततर्फ ९८ करोड ८५ लाख विनियोजन गरिएको छ । तेस्रो नगरसभामा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले एक वर्ष र विगतको अनुभवले कहाँ के समस्या छ भनेर थाहा भएकाले अब स्थानीय तह र प्रदेश सरकार मिलेर समृद्ध समाज निर्माणमा जुट्नुपर्ने बताए । धनगढी प्रदेश ७ को एकमात्र उपमहानगरपालिका हो ।
प्रकाशित समय १९:५६ बजे