गृहपृष्ठ खुल्यो रेस्लिङको निःशुलक तालिम

खुल्यो रेस्लिङको निःशुलक तालिम

खतरनाक खेल रेस्लिङ के हो ?

resling1-newskaronar

रेस्लिङ प्रति युवाको रुचि र चासो बढ्दो छ । चासो सँगै दर्शकको संख्या पनि बढ्दै गएको छ । टेलिभिजन हेरेर होस् या कार्यक्रममा प्रत्यक्ष हेर्न गएर होस, रिङमा भीमकाय शरिर भएकाहरुको मुक्कामुक्की र कुटाकुट गरेका दृश्य हेर्दै ताली बजाउनहरु निक्कै बढिरहेका छन् ।

यसले नै देखाउछ नेपालमा ‘थोरै नाटक र धेरै वास्तविकता’ मानिने रोचक खेल रेस्लिङको क्रेज चुलिँदो छ । त्यसो त नेपालमा कुस्ती वा पहलमानी खेल देखाउने परम्परा पुरानो हो । अहिले पनि नेपालको तराईका कतिपय क्षेत्रमा विभिन्न चाडपर्वमा कुस्ती खेलाईन्छ । कुस्ती, पहलमानी र रेस्लिङ ठाउँ अनुसार विभिन्न नामले चिनिने यस खेल पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा स्पोर्ट्स इन्टरटेन्मेन्ट’का रूपमा चिनिन्छ ।

नेपालमा युवाको अकार्षण रेस्लिङमा भएपनि खेलडी भने पर्याप्त छैनन् । झनै महिला खेलाडी त दुई जना मात्र छन्, भगवती खड्का (युनीका) र अस्मिता सिलवाल (जुरेली) । खेलाडी कम भएकै कारणले दर्शकलाई खल्लो महशुस नहोस् भन्नका लागी राजधानीमा हालसालै रेस्लिङ प्रशिक्षण केन्द्र समेत खुलेको छ । नेपालको पहिलो महिला रेस्लर भगवती खड्का यूनीकाले ‘नेपाल महिला रेस्लिङ फाउन्डेसन’को नाममा शान्तिनगरमा उक्त प्रशिक्षण केन्द्र खोलेकी हुन् ।

महिला खेलाडी अत्यन्तै कम संख्यामा भएकाले विकाश गर्न प्रशिक्षण स्कुल खालेको उनले बताईन् । ‘नेपाली रेस्लिङ खेलाडीहरू थोरै भएपनि विश्वस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्न सक्षम छन्, तर महिला खेलाडी जम्मा २ जना मात्र भएकाले अरु पनि यस क्षेत्रमा आउनु भन्ने उद्देश्यले प्रशिक्षण केन्द्र खोलेको हु’ भगवती भन्छिन् । अहिले ट्रेनिङ सेन्टरमा १५ जना बढी किशोरी तथा युवतीहरु नियमित प्रशिक्षणमा आउने गरेका छन् ।

भगवतीले आफ्नो प्रशिक्षण केन्द्र व्यावसायिक बनाएकी छैनन् । रेस्लिङमा आकर्षण बढाउन निःशुल्क प्रशिक्षण दिईरहेकी छिन् । थुप्रै किशोरी युवती रेस्लिङ सिक्न चाहेर आउने भएपनि उत्कृष्ट छनोट गरेर उनीहरूलाई निःशुल्क संलग्न गराएको उनले बताईन् । ‘केही गर्छु भन्ने आँट भएको र उत्कृष्टलाई निःशुल्क प्रशिक्षण दिन्छौं’ भगवती भन्छिन् । रेस्लिङ सिक्न चाहने जो कोही पनि सहभागी हुन सक्ने उनले बताईन् ।

रेस्लिङ खेल्न के चाहिन्छ ?

रेस्लिङ खेल्न शरिरको अकार भीमकाय नै हुनुपर्छ भन्ने नरहेको सञ्चालक भगवती खड्का बताउछिन् । ‘शरीरको आकारले रेलिस्ङमा मुख्य भूमिका खेल्दैन, यो एउटा टेक्निक हो, विभिन्न खेल खेलेकाहरू पनि टेक्निक सिकेर रेस्लिङ खेल्न सक्छन्’ भगवती भनिछन्, ‘शरिर ज्याङ्गो खालको भएमा राम्रो हुन्छ, तर अनिवार्य भने हुदैन ।’

रेस्लिङ खाली फाइटमात्र होइन, यो भावना, संगीत र अभिनयसहितको बेजोड पस्तुति पनि हो । यसैले कला–गला भएको व्यक्तिले यस क्षेत्रमा सफलता हासिल गर्न सक्छ । एक पटक रेलिस्ङ प्रत्यक्ष हेरेको मानिसले अर्को पटक रेलिस्ङ हेर्न हम्मेसी छुटाउँदैन । रिङमा रेस्लरको खतरनाक इन्ट्री, फाइट अनि फाइटपछिको सेलिब्रेसन, खेलभर गायन तथा संगीत र अभिनयले रेलिस्ङ खेल हेर्दा फिल्मझै बनाउँछ । जसले गर्दा ज्याङगो शरिर मात्र नभई स्वर, सबै प्रकारका क्षमता भएमा रेस्लिङमा बढी अवसर रहेको भगवती बताउछिन् ।

जंगलमा मयुर आकर्षक तरिकाले नाच्छ तर कसले देख्छ र ? जो देखिन्छ, त्यही बिक्री हुने हो यसैले, हामीले देखाएका कला धेरैलाई देखाउन सक्यौं भने मात्र सबैका आँखा रेस्लरमा पर्छ त्यसका लागि नेपालमा धेरै ‘शो’ हुनुपर्छ, नेपाली रेसलरले पनि काम पाउछन्, दर्शक पाउछन् र कमाउँछन् पनि ।

कत्तिको सुरक्षित छ रेस्लिङ ?resling-newskaronar

धेरेले रेस्लिङलाई खतरनाक खेल भन्छन् । तर भगबती त्यसलाई स्वीकार्दिनन् । राम्रो प्रशिक्षण लिएर सुरक्षित खेल्ने हो भने जोखिम नभई निकै रोचक खेल रहेको उनी बताउँछिन् । उनी भन्छिन् ‘आर्मी पुलिसले पनि ज्यानको बाजी राखेर आफ्नो काममा खट्छ, जोखिम हरेक क्षेत्रमा छ, तर रेस्लिङमा प्रचार गरिएजस्तो जोखिम छैन, जो कोहीले तालिम पस्चात खेल्न सक्छ । नेपालमा धेरै रेस्लिङका खेलहरु हुदै गएमा फुटवल, क्रिकेट जस्तै युवाहरुमा यसको क्रेज हुने उनी बताउँछिन् । ‘जंगलमा मयुर आकर्षक तरिकाले नाच्छ तर कसले देख्छ ? जो देखिन्छ, त्यही बिक्री हुने हो यसैले, हामीले देखाएका कला धेरैलाई देखाउन सक्यौं भने मात्र सबैका आँखा रेस्लरमा पर्छ । त्यसका लागि नेपालमा धेरै शो हुनुपर्छ’ उनी भन्छिन्, ‘नेपाली रेस्लरले पनि काम पाउँछन्, दर्शक पाउँछन् र कमाउँछन् पनि ।’

को हुन् रेस्लिङ गुरु भगवतीresling-newskaronar

युनिका उपनामबाट पनि परिचित रामेछाप मन्थलीकी भगबती दर्जनौ रेस्लिङ भिडन्तमा सहभागी भइसकेकी छिन् । उनले गायन र अभिनयसमेत सँगै गर्दै आएकी छिन् । ठूलो शरिर भएरै होला धेरैले फिल्ममा खलपात्रको भूमीकामा अफर गर्ने गरेका छन् । २०६५ सालमा भक्तपुरमा भएको राष्ट्रिय खेलमा भारोत्तोलनमा १३५ किलो तौल उठाएर कास्य पदक जितेपछि उनी खेलमा आकािर्षत भएकी हुन् । ‘सानैदेखि अरु भन्दा फरक स्वभाव भएकैले, केही गर्नुपर्छ भन्ने आँट थियो, अनी क्षेत्रमा लागें’ उनी भन्छिन् ।
resling-newskaronar
चलचित्रको लागि द्वन्द्वको प्रशिक्षण लिने क्रममा नेपालको पहिलो रेस्लर हिमालयन टाइगर भनिने भरतबाबु विसुरालसंग भेट भएपछि उनैबाट प्रशिक्षण लिएर उनी औपचारिक रुपमा रेस्लिङ क्षेत्रमा आएकी हुन् । नेपाल र भारत तथा तेस्रो मुलुक गरी दर्जनौ अन्तराष्ट्रिय खेलमा सहभागी भएकी उनले धेरे पटक उपाधी समेत चुम्न सफल भएकी छिन् ।

प्रकाशित समय २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु