गृहपृष्ठ हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमा सेवा हिमालयन बैंकले आफ्ना ग्राहकलाई प्रदान गर्नेछ ।
सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा र लुम्बिनी जनरलका प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय १३:४७ बजे