गृहपृष्ठ मौद्रिक नीति : लघुवित्तको स्प्रेड दर घटाइने
मौद्रिक नीति : लघुवित्तको स्प्रेड दर घटाइने
लघुवित्त संस्थाको १८ प्रतिशतको ब्यादर सीमा केही खुकुलो हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमार्फत ब्याजदरको सीमा खुकुलो बनाउन लागेको हो । वित्तीय संस्थाको ब्याजदर नै उच्च भएकाले लघुवित्तीय संस्थालाई सहज बनाउन ब्याजदरको सीमामा लचिलो हुने निर्णय लिइएको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
लघुवित्तले चर्को ब्याज लिने गरेको जनगुनासोपछि राष्ट्र बैंकले १८ प्रतिशतभन्दा धेरै व्याज लिन नपाउने व्यवस्था गरेको थियो । पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको निक्षेप अभावले बढाएको ब्याजदरको असर माइक्रोफाइनान्सले लगानी गर्ने कर्जाको ब्याजदरमा समेत परेको छ ।
माइक्रोफाइनान्सले बैंक तथा वित्तीय संस्थाबाट फण्ड लिँदा नै दोहोरो अंकको ब्याजदर भए पनि केन्द्रीय बैंकले तोकेको सीमामा काम गर्न नसकिने माइक्रोफाइनन्सका अधिकारीहरूले बताउँदै आएका थिए । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको ब्याज अन्तर ५ प्रतिशतलाई घटाउने तयारी पनि केन्द्रीय बैंकले गरेको छ । हाल ब्याजदरमा देखिएको उच्च उतारचढाव तथा अस्वस्थ प्रतिस्पर्धा रोक्न केन्द्रीय बैंकले स्प्रेड दर घटाउन लागेको बताइएको छ ।
प्रकाशित समय १०:१५ बजे