गृहपृष्ठ हिमालयन बैंकका कार्ड होल्डरलाई नेपाल मेडिसिटीमा विशेष छुट
हिमालयन बैंकका कार्ड होल्डरलाई नेपाल मेडिसिटीमा विशेष छुट

नेपाल मेडिसिटी अस्पताल र हिमालयन बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार हिमालयन बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्डका उपभोक्तालाई विशेष छुट प्रदान गरिने भएको छ । सम्झौतापत्रमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले हस्ताक्षर गरेका छन् ।
हिमालयन बैंकका सीईओ राणाले नेपालकै उत्कृष्ट अस्पतालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । खासगरी, स्वास्थ्य सेवाको विकासमा स्वास्थ्य बिमाको भूमिका महत्वपूर्ण रहेकाले आगामी दिनमा त्यसरी पनि अघि बढ्न सकिने उनले बताए ।
भैंसेपाटीमा भएको सम्झौतामा बैंकका उप–महाप्रबन्धक उज्वल राजभण्डारी, सुनिल राजभण्डारी र सैलेन्द्र श्रेष्ठको पनि सहभागिता थियो । अस्पतालका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट राज राणा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी र अस्पतालका कर्पोरेट अधिकृत तेन्जिङ कुन्सेल बज्राचार्य सहभागी थिए ।
देशभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालले यस सम्झौतामार्फत सहुलियत सेवासहित विशेष भूमिका खेल्ने विश्वास असपतालका महाप्रबन्धक विजय रिमालको छ ।
प्रकाशित समय २०:२२ बजे