गृहपृष्ठ टेलिकमले सेवा शुल्क वृद्धि नगर्ने

टेलिकमले सेवा शुल्क वृद्धि नगर्ने

सरकारले आगामी वर्षको बजेटमार्फत साउन १ गतेदेखि टेलिकम सेवा शुल्कमा कर लगाए पनि नेपाल टेलिकमले तत्काल सेवा शुल्क वृद्धि नगर्ने भएको छ । बजेटको व्यवस्थाअनुसार टेलिकम सेवा शुल्क समायोजन गर्नुपर्ने भए पनि ग्राहकको सुविधाका लागि हाललाई सेवा शुल्क पहिलेकै दरमा उपलब्ध गराउन लागेको टेलिकमले जनाएको छ ।

कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी/फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफरअन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराएको टेलिकमले जनाएको हो ।

टेलिकमले अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएचलगायतका विभिन्न प्याकेजको मूल्य समायोजन गरेको जनाएको छ । टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजमा २५ देखि ५० प्रतिशतसम्म बोनस उपलब्ध गराएको छ ।

सरकारले साउन १ गतेदेखि लागू हुनेगरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको छ । त्यसैगरी, डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नुपर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नुपर्ने भएको छ ।

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु