गृहपृष्ठ ज्योतिमा गाभियो हाम्रो विकास बैंक

ज्योतिमा गाभियो हाम्रो विकास बैंक

jyoti-hamro bank-newskarobar

क्षेत्रीयस्तरको हाम्रो विकास बैंक ज्योति विकास बैंकमा गाभिएको छ । राष्ट्रियस्तरको ज्योति विकास बैंकले नुवाकोटको हाम्रो विकास बैंकलार्इ आइतबार आफूमा गाभेको हो ।

सो सम्बन्धी सम्झौतामा ज्योतिका विकास बैंकका सञ्चालक समिति अध्यक्ष हरिचन्द्र खड्का र हाम्रोका सञ्चालक समिति अध्यक्ष हरि प्रसादले हस्ताक्षर गरे । हाम्रोलार्इ प्राप्ति गरेसँगै ज्योति विकास बैंकको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने भएको छ ।

हाम्रोलार्इ गाभेसँगै ज्योति विकास बैंकको शाखा सञ्जाल ६७ पुग्ने भएको छ । बैंकले यसअघि झिमरुक विकास बैंकसँग मर्जर गरेको छ भने राप्तिभेरि विकास बैंकलार्इ प्राप्ति गरेको छ ।

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु