गृहपृष्ठ सिटिजन्स बैंकले एकै दिन खोल्यो चार नयाँ शाखा
सिटिजन्स बैंकले एकै दिन खोल्यो चार नयाँ शाखा

सिटिजन्स बैंकले एकैपटक चार जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले प्युठानको झिमरुक, रुकुम पूर्वको भुमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा नयाँ शाखा विस्तार गरेको हो ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा पत्रकार सम्मेलन गरी बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले कम्प्युटरमा क्लिक गरी चारवटै शाखाको शुभारम्भ गरे । बैंकले आर्थिक वर्ष २०७४/७५ मा १४ वटा नयाँ शाखा विस्तार गरेको जानकारी दिएको छ ।
वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने सरकारको नीतिअनुरुप शाखा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकले केही दिनभित्रै कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा थप शाखा सञ्चालन गर्ने योजना बनाएको छ । सिटिजन्स बैंकले हाल ७८ शाखा, ७० वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईबाट करिब तीन लाख ५० हजार सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय ११:५५ बजे