गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकका तीन नयाँ शाखा सञ्चालनमा
राष्ट्रिय वाणिज्य बैंकका तीन नयाँ शाखा सञ्चालनमा

राष्ट्रिय वाणिज्य बैंकले एकै दिन तीनवटा जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार मुगुको सोरु गाउँपालिका–६, सोरुकोट, रसुवाको कालिका गाउँपालिका–२, कालिकास्थान र खोटाङको केपिलासगढी गाउँपालिका–४, बाक्सिलामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीतिअनुरुप आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा विस्तारलाई प्राथमिकता दिइएको बताए । बैंकका हाल ७४ जिल्लामा २ सय ४ शाखा, १ सय ३५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।
प्रकाशित समय ११:५६ बजे