गृहपृष्ठ एनसेलको दूरसञ्चार सेवा शुल्क समायोजन

एनसेलको दूरसञ्चार सेवा शुल्क समायोजन

ncell_logo-newskarobar

एनसेल प्रालिले साउन १ गते मंगलबारदेखि नयाँ दूरसञ्चार सेवा शुल्क लागू गरेको छ । सरकारले दूरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जनअनुरुप नयाँ दूरसञ्चार सेवा शुल्क दर लागू भएको एनसेलले जनाएको छ ।

नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवामा लाग्दै आएको कर अघिको मूल्यमा भने कुनै परिवर्तन गरेको छैन । दूरसञ्चार सेवा शुल्कमा भएको परिमार्जन लागू गर्ने क्रममा कम्पनीले आफ्ना सम्पूर्ण सेवाको मूल्य करबाहेकको दरमा ग्राहकलाई सुसूचित गर्ने र उक्त मूल्यमा मंगलबारदेखि नयाँ सेवा शुल्क लागू हुने एनसेलले जनाएको छ ।

सरकारले समसामयिक कर असुली ऐनअन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दूरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दूरसञ्चार सेवा शुल्कलाई १३ प्रतिशत कायम गरेको छ भने इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लगाएको छ ।

 

नयाँ भ्वाइस तथा डेटा प्याक सार्वजनिक

एनसेलले डेटा तथा भ्वाइस सेवामा ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न नयाँ योजना पनि सार्वजनिक गरेको छ । साउन १ देखि ९० दिनका लागि लागू हुने गरी ल्याएको नयाँ योजनामा थप डेटा भोल्युमसहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिक डेटा प्याक सुविधा छन् । त्यस्तै, भ्वाइस सेवामा थप टक टाइम प्रदान गर्दै कम्पनीले नयाँ दैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाइस प्याक पनि सार्वजनिक गरेको छ ।

प्रमुख कमर्सियल अधिकृत एन्डी चोङले विज्ञप्ति जारी गरी भनेका छन्, ‘डेटा तथा भ्वाइस सेवामा ल्याइएको नयाँ योजनाले ग्राहकलाई सुलभ दरमा थप मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप उजागर गर्छ ।’

नयाँ डेटा योजनाअन्तर्गत एनसेलले ग्राहकलाई शुल्कको थप मूल्य प्रदान गर्ने गरी आकर्षक प्याक ल्याएको छ । उदाहरणका लागि दैनिक प्याकमा ग्राहकले नौ रूपैयाँमा ३५ एमबी डेटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबीको फोरजी डेटा भोल्युम बोनसस्वरुप प्राप्त गर्नेछन् । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी उपयुक्त सेवा सुविधा लिन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भ्वाइस प्याक लिनका लागि एस्ट्रिक्स १७११८ ह्यास डायल गरी वा १७११८ मा डायल गरी प्राप्त निर्देशनअनुसार आवश्यकताअनुरुपको प्याक लिन सक्ने एनसेलले जनाएको छ ।

नयाँ दूरसचार सेवा शुल्क लागू हुँदा मूल्यमा पर्ने असरलाई कम गर्न एनसेलले एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ र रोमिङ प्याक, बिज प्लान र एनसेल कोसेली सेवाको कर अगाडिको शुल्क घटाएको छ । लोकल कलमा लाग्दै आएको करबाहेकको दर १.९९ रूपैयाँ प्रतिमिनेटमा कुनै परिवर्तन गरिएको छैन । त्यसैगरी एसएमएस, डेटा सेवाअन्तर्गतको पे एज यू गो, सापटी तथा पोस्टपेड सेवाका प्याकहरुको करअघिको शुल्कमा पनि कुनै परिवर्तन नगरिएको एनसेलले जनाएको छ ।

प्रकाशित समय १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु