गृहपृष्ठ मेघा बैंक आठौं वर्षमा, ब्रोकर लाइसेन्स लिने
मेघा बैंक आठौं वर्षमा, ब्रोकर लाइसेन्स लिने
मेगा बैंक नेपाल आठौं वर्षमा प्रवेश गरेको छ । आठौं वर्ष प्रवेशको अवसरमा बैंकले चिनियाँ लगानीकर्तालार्इ रणनीतिक साझेदारका रूपमा भित्र्याउने, सेयर ब्रोकर लाइसेन्स लिन स्थापना गर्नेलगायतका योजना अघि सारेको छ ।
वार्षिकोत्सव समारोहमा अध्यक्ष भोजबहादुर शाहले चिनियाँ लगानीकर्तालाई रणनीतिक साझेदारका रुपमा भित्र्याउन पहल भइरहेको जानकारी गराए । ‘चिनियाँहरुले विश्वभर पूर्वाधारलगायतका क्षेत्रमा लगानी बढाइरहेका छन्,’ उनले भने, ‘त्यसैलार्इ मध्यनजर गर्दै हामीले रणनीतिक साझेदारका रुपमा चिनियाँ लगानीकर्ता भित्र्याउने पहल अघि बढाएका छौं,’ उनले भने ।

मेघा बैंकले सेयर ब्रोकरको काम गर्न कम्पनी स्थापनाको तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूले सेयर ब्रोकर अनुमतिपत्र लिन सक्ने व्यवस्था गरेको छ । स्थापनको आठ वर्षमा मेघा बैंकले लगानीकर्तालाई ५६ प्रतिशत प्रतिफल दिएको छ ।
प्रकाशित समय १४:४५ बजे

















