गृहपृष्ठ एनआईसी एसिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

एनआईसी एसिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

nicasia-suryalife-newskarobar

 

एनआईसी एसिया बैंकले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका सेवाग्राहीले सूर्या लाइफको जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंकको जुनसुकै शाखाबाट सूर्या लाइफ इन्स्योरेन्सका बिमा पोलिसी किन्न सक्नेछन् । हाल बैंकले २ सय ३२ शाखा कार्यालय, २ सय २० एटिएम, १४ एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु