गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको ५ करोडसम्म आवास कर्जा सुविधा
मुक्तिनाथ विकास बैंकको ५ करोडसम्म आवास कर्जा सुविधा
मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आवास कर्जा’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले २० वर्षसम्मको अवधि राखेर १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको कर्जा सुविधा लिन सक्नेछन् ।
नियमित किस्ता बुझाउने ग्राहकले आफूले बुझाएको प्रशासनिक शुल्क फिर्ता पाउँदै जाने बैंकले जनाएको छ । त्यस्तै, पहिलो एक वर्षका लागि निःशुल्क स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा पनि प्राप्त गर्नेछन् । कुल कर्जाको आधा रकमलाई किस्ताबन्दी रुपमा बुझाइ बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी किस्ताको भारलाई कम गर्ने गरी योजना अघि सारिएको बैंकले जनाएको छ । यसले नियमित तर न्यून आय भएका ग्राहकलाई आवश्यकताअनुसारको कर्जा सुविधा लिन सहज हुने बैंकको विश्वास छ ।
नयाँ योजनाबाट ग्राहकले घर खरिद, आवास प्रयोजनार्थ जग्गा खरिद, जग्गा तथा घर खरिद गर्न सक्नेछन् । बैंकको सबै शाखा कार्यालयबाट यो कर्जा लिन सक्ने व्यवस्था मिलाइएको छ ।
प्रकाशित समय २२:०१ बजे

















