गृहपृष्ठ सेयर बजारमा साताभरमा जम्मा ९१ करोडको कारोबार

सेयर बजारमा साताभरमा जम्मा ९१ करोडको कारोबार

weekly-share-newskarobar

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताभरमा जम्मा ९१ करोड रुपैयाँको कारोबार भएको छ । यो साता एक सय ८१ कम्पनीको ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँबराबरको ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयर खरिद–बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा १४.६८ प्रतिशत कम भएको नेप्सेले जनाएको छ । गत साता एक सय ८१ कम्पनीको एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँबराबरको ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिन आइतबारको तुलनामा ९.२५ अंकले घटेर अन्तिम दिन बिहीबार ११८०.६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयरको कारोबार सबैभन्दा बढी भएको छ । प्रोग्रेसिभको पाँच करोड ९० लाख ४० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको हो । त्यसैगरी कारोबार भएको सेयर संख्या पाँच लाख ८५ हजार कित्ताका आधारमा पनि प्रोग्रेसिभ फाइनान्स नै अग्रस्थानमा छ । कारोबार संख्या ८ सय ७७ का आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रह्यो ।

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै कारोबार भएन ।

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु