गृहपृष्ठ प्रदेशको रेडियो, एफएम र टेलिभिजनसम्बन्धी ऐन प्रमाणीकरण

प्रदेशको रेडियो, एफएम र टेलिभिजनसम्बन्धी ऐन प्रमाणीकरण

pramanikaran-newskarobar

प्रदेश १ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङले प्रदेश १ को रेडियो, एफएम र टेलिभिजन सम्बन्धमा बनेको ऐन शुक्रबार प्रमाणीकरण गरेका छन् । प्रमाणीकरणपछि अब यो ऐन कार्यान्वयनमा आउनेछ । ऐन कार्यान्वयनमा आएसँगै सञ्चार क्षेत्रको व्यवस्थापन, नियमन र यो क्षेत्रमा लगानी गर्नेहरुलाई सहज हुनेछ ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम शुक्रबार विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईंले जानकारी गराए । प्रदेश सभाको बैठकले पारित गरेको विधेयक सभामुख प्रदीप भण्डारीले प्रमाणीकरणका लागि साउन १३ गते प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका थिए ।

प्रकाशित समय १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु