गृहपृष्ठ सीएफ ब्राण्डका मोटरसाइकल बुटवलमा बिक्री वितरण सुरु

सीएफ ब्राण्डका मोटरसाइकल बुटवलमा बिक्री वितरण सुरु

बुटवल कालिकानगरमा रहेको अटो स्टेशनले सीएफ मोटो ब्राण्डका मोटरसाईकलको बिक्री वितरण सुरु गरेको छ । अटो स्टेशन बुटवलले जर्मनी टेक्नोलोजिमा बनेका १२५ देखि ६५० सीसी सम्मका सीएफ मोटो ब्राण्डका विभिन्न मोडलका मोटरसाईकलको दसैंको घटस्थापनादेखि बिक्री वितरण सुरु गरेको हो ।

अष्ट्रियामा डिजाईन भएका र चाईनाबाट एसेम्ली गरिएका मोटरसाइकल बुटवलका ग्राहकको मागको आधारमा बिक्री वितरण सुरु गरेको अटो स्टेशन एफ मोटोकप बुटवलका संचालक विमर्श श्रेष्ठले जानकारी दिए ।

सामान्यतया १२५ सिसीको मोटरसाईकललाई २ लाख ४१ हजार पर्ने श्रेष्ठले बताए । नेपालका जुनसुकै सडकका लागि उपयुक्त देखिएका मोटरसाईकल १७ लाखसम्म मूल्यको पनि रहेको उनले बताए । बुटवलमा बुधबारदेखि बिक्री वितरण थालेको स्टेशनले ६० वटा भन्दा बढी मोटरसाईकलको बिक्री गरेको जनाएको छ ।

प्रकाशित समय ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु