गृहपृष्ठ जनता बैंकको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
जनता बैंकको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
जनता बैंकको ८.५५ नगद लाभांश सुरक्षित गर्ने आज (पुस १५ गते) अन्तिम दिन हो । २९ गते वार्षिक साधारणसभा हुने भएकाले जनता बैंकले पुस १६ गतेसम्म नगद लाभांश सुरक्षित गर्ने समय तोकेको छ । १६ गते बुक क्लोज हुने भएकाले पुस १५ गतेसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । बैंकले गत वर्षको आम्दानीबाट नगद लाभांशका लागि ६८ करोड रुपैयाँ छुट्याएको छ ।
जनता बैंकको वार्षिक साधारणसभा पुस २९ गते हुँदै छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे सुरु हुने साधारणसभामा बैंकले केही महत्वपूर्ण प्रस्ताव पेश गर्ने छ । गत वर्षको कमाईबाट ८.५ प्रतिशत नगद लाभांश वितरण गर्नेदेखि सेयर ब्रोकरको काम गर्ने योजनासम्म समेटिएका प्रस्ताव बैंकले साधारणसभामा पेश गर्ने छ ।
यसैगरी बैंकले आफैं वा सहायक कम्पनी खोलेर ब्रोकर सेवा उपलब्ध गराउन प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि साधारण सभामा पेश गर्ने छ । मर्जर पा प्राप्तिबारे छलफल गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानसम्बन्धी प्रस्ताव पनि सधारणसभामा प्रस्तुत हुने छ ।
८ अर्ब ७ लाख रुपैयाँ चुक्ता पुँजी भएको जनता बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । २ अर्ब ३४ करोड रुपैयाँ जगेडा कोषमा जम्मा गरेको बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ ३२ पैसा छ ।
प्रकाशित समय १२:२० बजे

















