गृहपृष्ठ सामसङको नयाँ वर्षको उपलक्ष्यमा ‘हर्षमय नयाँ वर्ष २०७६’ योजना
सामसङको नयाँ वर्षको उपलक्ष्यमा ‘हर्षमय नयाँ वर्ष २०७६’ योजना
सामसङ कन्जुमर इलेक्ट्रोनिक्स नेपालले नयाँ वर्षको उपलक्षमा ‘हर्षमय नयाँ वर्ष २०७६’ को अफर प्रस्तुत गरेको छ । अफरअन्तर्गत ग्राहकले नयाँ वर्षको सुखद अवसरमा सामसङका सामान खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सामसङको ‘हर्षमय नयाँ वर्ष २०७६’ अफरअन्तर्गत ग्राहकले सामसङ टिभी खरिदमा ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् भने रेफ्रिजेरेटरको खरिदमा १३ प्रतिशतसम्मको छुट र सामसङका वासिङ मेसिन खरिदमा १८ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, नयाँ वर्षको उपलक्ष्यमा प्रस्तुत गरिएको यो अफरअन्तर्गत सामसङ कन्जुमर इलेक्ट्रोनिक्स सामान खरिद गर्ने ग्राहकलाई लक्की ड्रमा समावेश गरी उपहार प्रदान गरिनेछ । जसमा प्रथम हुने भाग्यशाली विजेताले सामसङको ५५ इन्चको कर्भ टिभी, द्वितीय हुनेले ४९ इन्चको कर्भ टिभी, तृतीय हुने भाग्यशाली विजेताले सामसङको ५ इन १ कन्भर्टेवल रेफ्रिजेरेटर, चौथो हुनेले ८ किलोको फ्रन्टलोड वासिङ मेसिन र पाँचौं हुने भाग्यशाली विजेतालाई २८ लिटरको हट ब्लास्टयुक्त सामसङको माइक्रोवेभ ओभन प्रदान गरिनेछ ।
सामसङका आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार को. लि ले नयाँ वर्ष विशेष अफर प्रदान गरेका हुन् । यो अफर चैत १९ गतेदेखि लागू भई वैशाख ३१ सम्म देशभर कायम रहनेछ ।
प्रकाशित समय १९:३५ बजे

















