गृहपृष्ठ एनसेल आजियाटाले ल्यायो आकर्षक ‘अल्ट्रा वाइफाइ सिम प्लस’

एनसेल आजियाटाले ल्यायो आकर्षक ‘अल्ट्रा वाइफाइ सिम प्लस’

आफ्नो घर तथा साना कार्यालयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झटरहित र सुलभ वाइफाइ सेवा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ टर्म इभोलुसन (एलटीई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको हो ।

अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डल सहितको एक विषेश सिम कार्ड हो । वाइफाइ सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले यो सेवाअन्तर्गत दुई वटा सिम पाउँछन् । जसमा प्रत्येक महिना डेटा, अन नेट टकटाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रुपमा पाइन्छ । आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्तालाई लक्षित गर्दै यो सेवा ल्याएको कम्पनीले जनाएको छ ।

ग्राहकले यस योजनाअन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वा वायरलेस डिभाइसमा यो सिम राखी डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन् । ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखेपछि सबैभन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुन्छ र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाइफाइ सेवा उपलब्ध हुनेछ ।

सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताका लागि बन्डल सेवासहित सुलभ र झन्झटरहित ‘अल्ट्रा वाइफाइ सिम प्लस’ योजना ल्याउन पाउँदा खुशी लागेको एनसेल आजियाटाका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले बताए । ‘घर तथा साना व्यवसायलक्षित यस सेवाले धेरैभन्दा धेरै उपभोक्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं,’ उनले भनेका छन् ।

यो सेवाको शुल्क वार्षिक शुल्क योजनाअन्तर्गत करबाहेक मासिक ४ सय ३० रुपैयाँ रहेको छ । ग्राहकले यस अल्ट्रा वाइफाइ सिम प्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायरफ्री प्लस डेटा पाउँछन् । यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जीबी डेटा, ५० मिनेट अन नेट टकटाइम र प्रभु टीभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुईवटा फोरजी सिम पाउँछन् । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विशेषता रहेको छ ।

यसअघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोगमार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरै डेटा सेवाको आवश्यकता रहेका ग्राहकहरुलाई ध्यानमा राखी ४० भन्दा बढी जिल्लाहरुमा उपलब्ध हुनेगरी आकर्षक वायरफ्री प्लस वाइफाइ सेवा सञ्चालनमा ल्याएको थियो । यो योजनामा ग्राहकले सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवाहरु सहितको बन्डल सेवा पाउँछन् ।

अल्ट्रा वाइफाइ सिम प्लस सेवाअन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरी नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन । आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेल आजियाटाले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस र सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जाने कम्पनीले जनाएको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु