गृहपृष्ठ इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना सार्वजनिक
इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना सार्वजनिक
बडादसैँ,तिहार र छठलाई लक्षित गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।
यो उपहार योजनाअन्तर्गत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टिभीएस अपाचे आरटीआर मोटरसाइकल जित्न सक्ने एक हजारभन्दा बढीले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्ने इसेवाले जनाएको छ। कम्पनीअनुसार योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
यो अवधिमा इसेवामार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथा गरि विजेता घोषणा गरिनेछ र विजेताहरू हरेक हप्ता सार्वजनिक गरिने उसले जनाएको छ ।
यो उपहार योजनामा इसेवाले एमएसआ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको जनाइएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनु साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिने कम्पनीद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् भने ती बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने जनाइएको छ ।
प्रकाशित समय १८:३८ बजे

















