गृहपृष्ठ डिस होमको अध्यक्षमा ढकाल

डिस होमको अध्यक्षमा ढकाल

निवर्तमान अध्यक्ष भट्टचनको नेतृत्वमा प्रभु टिभी

Hem-Raj-Dhakal-newskarobar

डिस होम मिडिया नेटवर्कको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । यसअघि पनि ढकाल डिस होममा सञ्चालक समिति सदस्य हुन् ।

देवीप्रकाश भट्टचनले अध्यक्षबाट राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले नयाँ नेतृत्व चयन गरेको हो । प्रवन्ध निर्देशकमा सुदिप आचार्य चयन भएका छन् । ढकाल आइएमई समूहका प्रवन्ध निर्देशक र कामना सेवा विकास बैंकका अध्यक्ष समेत हुन् । डिस मिडिया नेटवर्क सन् २००९ मा स्थापना भएको थियो ।

डिस मिडिया नेटवर्कको अध्यक्षबाट राजिनामा दिएका भट्टचनको नेतृत्वमा भने प्रभु टिभी सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित समय १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु