गृहपृष्ठ नाडाको तालिम सम्पन्न
नाडाको तालिम सम्पन्न
अटोमोबाइल खुद्रा व्यवसायीले भोग्नुपरिरहेका समस्यालाई दृष्टिगत गरी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले तालिम कार्यक्रम आयोजना गरेको छ । शनिबार सम्पन्न तालिम कार्यक्रममा नाडाका ८१ सदस्य फर्म कम्पनीले सहभागिता जनाएका छन् ।
नाडाका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद दुलालको सभापतित्वमा कार्यक्रम भएको कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक शरद निरौला, भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल तथा कार्यक्रमका प्रशिक्षकद्धय साहिल अग्रवाल तथा निकेत अग्रवालले प्रशिक्षण दिए ।
सरकारको प्रतिनिधित्वसहित नाडाले यस किसिमको तालिम कार्यक्रम दोस्रो पटक आयोजना गरेको हो । कार्यक्रमबाट धेरै हदसम्म अटोमोबाइल व्यवसायी लाभान्वित भएको नाडाले जनाएको छ । कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका उपाध्यक्ष एवं राजस्व समितिका सभापति प्रकाश कपुरीले गरेका थिए ।
प्रकाशित समय ११:५६ बजे

















