गृहपृष्ठ एनसेलले ल्यायो ‘रिचार्ज एन्ड विन’ अफर

एनसेलले ल्यायो ‘रिचार्ज एन्ड विन’ अफर

ncell_logo-newskarobar

एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

भदौ १७ देखि लागू भएको अफर १० हप्ता सञ्चालन हुनेछ । साप्ताहिक चक्रमा सञ्चालन हुने यो योजना आइतबार सुरू भएर शनिबार समापन हुने कम्पनीले जनाएको छ । योजनामा सप्ताहभर १०० वा सोभन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिन सक्नेछन् । ग्राहकले प्रत्येक १०० बराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन् ।

ग्राहकले आइतबारदेखि शनिबारसम्ममा २५० रूपैयाँ रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएसमार्फत दुर्इवटा विशेष कोड प्राप्त गर्नेछन् । ५०० रूपैयाँ रिचार्ज गरेका छन् भने पाँचवटा कोड प्राप्त गर्नेछन् ।

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकको छनोट प्रत्यक्ष प्रसारणमा हुने लक्की ड्र मार्फत गरिने एनसेलले जनाएको छ । चर्चित व्यक्तित्वको उपस्थितिमा मंगलबार साँझ ७ बजे एपी वान टेलिभिजनबाट लक्की ड्र प्रत्यक्ष प्रसारण हुनेछ । यसरी छानिएका भाग्यशाली ग्राहकलाई हरेक बिहीबार एक कार्यक्रम गरी प्रतिव्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

‘यो योजनाका साथ हामी हाम्रा ग्राहकसँग नजिक आइरहेको चाडपर्वमा सहभागी हुन पाउँदा उत्साहित छौं । हामी सबै ग्राहकलाई शुभकामना व्यक्त गर्दछौं र यस योजनाले १० हप्तामा छानिने १०० जना भाग्यशाली ग्राहकको चाडपर्व हर्षउल्लासमय बनाउने आशा लिएका छौं,’  एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङले भने ।

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु