गृहपृष्ठ कुशेऔंसीको अवसरमा ज्येष्ठ नागरिकलाई सहयोग

कुशेऔंसीको अवसरमा ज्येष्ठ नागरिकलाई सहयोग

कुशेऔंसी र बुबाको मुख हेर्ने दिनको अवसर पारेर आइतबार उर्लाबारी–७ स्थित पशुपति आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले असहाय ज्येष्ठ नागरिकलाई सहयोग गरेका छन् ।

विद्यार्थीले झापाको दमकस्थित रत्नवृद्धाश्रममा आश्रित छ जना ज्येष्ठ नागरिकलाई फलफूल र लत्ताकपडा वितरण गरेका हुन् । विद्यार्थीले खाजा समयमा खाजा खान ल्याएको रकम संकलन गरी बुबाको मुख हेर्ने दिनको अवसरमा ज्येष्ठ नागरिकलाई फलफूल र लत्ताकपडा वितरण गरेको विद्यालयका प्रबन्धक निर्देशक आनन्द कार्कीले जानकारी दिए । रासस ।

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु