गृहपृष्ठ सिजी मोटोकोर्पलार्इ विभिन्न विधामा पाँच उत्कृष्ट अवार्ड
सिजी मोटोकोर्पलार्इ विभिन्न विधामा पाँच उत्कृष्ट अवार्ड
सिजी मोटोकोर्पले विभिन्न विधामा पाँच उत्कृष्ट अवार्ड हात पारेको छ । नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सिजी होल्डिङको अटोमोबिल विभाग मोटोकोर्प २०१७ को सर्वाधिक पार्ट्स बिक्री-वितरण प्रति साधन दक्षिण एसियाको सर्वाधिक मर्मत अर्डर वृद्धि र दक्षिण एसियाको सर्वाधिक नेटवर्क विस्तार पुरस्कार जित्न सफल रह्यो । त्यस्तै, २०१७ को सर्वाधिक बजार सेयर तथा २०१७ को सर्वाधिक बिक्री-वितरण उपाधिमा द्वितीय स्थान हात पार्न सफल रह्यो ।
सेप्टेम्बर २७ र २८ मा नयाँ दिल्लीमा आयोजित अवार्ड वितरण समारोहमा उत्कृष्ट नामहरु अफ्रिका, मध्यपूर्व र दक्षिण एसियाका प्रतिनिधिका रुपमा सहभागी ६० भन्दा बढी सुजुकी कार विक्रेतामध्ये छनौट गरिएको थियो । कम्पनीले पाएका सबै अवार्ड ग्राहकमा समर्पण गर्न चाहेको कम्पनीका निर्देशक करण चौधरीले बताए ।
प्रकाशित समय १२:२५ बजे

















