गृहपृष्ठ बंगलादेश बैंकका थप ५ शाखा
बंगलादेश बैंकका थप ५ शाखा
काठमाडौं । नेपाल बंलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा थप ५ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाराको सिमरा, मकवानपुरको मकवानपुरगढी, दाङको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटाबाट औपचारिक कारोबार शुभारम्भ गरेको हो ।
यी शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने पनि बंैकले जनाएको छ ।
सिमरा, परवनीपुर, हापुरे, मकवानपुरगढी र चन्द्रौटा शाखासहित बैंकले ६७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ५१ एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको पनि जनाएको छ ।
प्रकाशित समय ०७:५० बजे

















