गृहपृष्ठ राष्ट्रिय बिमा कम्पनी र ओम डेभलपमेण्ट बैंकबीच बिमा सेवा सम्झौता
राष्ट्रिय बिमा कम्पनी र ओम डेभलपमेण्ट बैंकबीच बिमा सेवा सम्झौता
राष्ट्रिय बिमा कम्पनी र ओम डेभलपमेण्ट बैंकबीच बिमा सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन् ।
बैंकले हालै मात्र बजारमा ल्याएको ‘सुरक्षित बचत खाता’ अन्तर्गत खाता खोल्ने ग्राहकका लागि यस सम्झौताअन्तर्गत जारी भएको दुर्घटना बिमा लेखले सात लाखसम्मको आर्थिक सुरक्षा प्रदान गर्नेछ । साथै, बैंकमा ‘सुरक्षित बचत खाता’ खोल्ने ग्राहकको दुर्घटनाको कारण मृत्यु भएमा बिमाले सात लाख ग्राहकको हकवालालाई बैंकमार्फत क्षतिपूर्तिको रुपमा भुक्तानी गर्ने बैंकले जनाएको छ ।
सम्झौतापश्चात दुबै पक्षले बाली तथा पशुपन्छी क्षेत्रको परनिर्भरता हटाउँदै मुलुकलाई समृद्ध बनाउने विश्वास लिएका छन् ।
प्रकाशित समय ०७:४५ बजे

















